मसला पिस्ने सिलौटाले हानेर आफ्नै पत्नीको हत्या
लोकतन्त्र समाचारदाता---
सर्लाही ,बैशाख २७
सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२ पुनर्वासका एक पुरुषले मसला पिस्ने सिलौटाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । स्थानीय बिजयलाल कर्णले मसला पिध्ने सिलौटोले हानेर श्रीमती उशादेवी कर्णको हत्या गरेका हुन ।
आईतवार राती करिव साढे ११ बजेको समयमा एकआपस बिच उत्पन्न भएको घरायसी बिवादका कारण रिसको झोंकमा ३५ वर्षीय कर्णले ३२ वर्षीया श्रीमतीको टाउकोमा सिलौटाले प्रहार गरेका थिए । सिलौटाको प्रहारबाट उशाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कर्ण दम्पती हरिवन नगरपालीका वडा न-११ स्थित रामवली साह तेलीको घरमा डेरा गरि बस्दै आएका थिए ।
घटना पश्चात् प्रहरीले कर्णलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।
No comments:
Post a Comment