Tuesday, May 4, 2021

डि.सि.सि.एम.सी को निर्णयको पालना गर्न आग्रह गर्दै सर्लाही चेम्बरद्वारा मलंगवाका ब्यापारी तथा स्थानीयमा मास्क वितरण




लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २१

    सर्लाही चेम्बर अफ कमर्स तथा मलंगवा चेम्बर अफ कमर्सले माक्स वितरण तथा कोरोना महामारी सम्बन्धि जागरुकता अभियान मार्फत आज(मंगलबार ) सदरमुकाम मलंगवाका ब्यापारी तथा स्थानीयबासीहरुलाई  माक्स र  सन्देशमुलक पम्पलेट वितरण गरेको छ ।

     बरिष्ठ उपाध्यक्ष सुगन्ध कुमार गुप्ता(संजय)को नेतृत्वमा कमर्सका पदाधिकारीहरु सहितको टोलीले  बढ्दै गइरहेको  दोस्रो भेरियन्टको  कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि  प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको डि.सि.सि.एम.सी को बैठकमा भएको निर्णयको कार्यान्वयनको लागि मलंगवाका ब्यापारीहरु सँग आग्रण गर्दै एक-एक थान माक्ससहित जानकारीमुलक पम्पलेट वितरण गरेका हुन ।

  कमर्सले वितरण गरेको पम्पलेट मार्फत व्यवसायीहरु सँग प्रत्येक पसलमा सेनिटाइजरको व्यवस्था हुनुपर्ने ,माक्स लगाइ कारोबार गर्नुपर्ने ,सामाजिक दुरी कायम गर्न पसलमा डोरी लगाउने र २ मिटरको दुरी कायम गर्ने,जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुने हुँदा पसलको सम्पूर्ण कागजपत्र नविकरण गर्ने तथा पसलमा देख्ने गरि राख्ने,मूल्य सुची राख्ने, म्याद नाघेका बस्तुहरु पसलमा नराख्ने ,माक्स नलगाइ आउने ग्राहकलाई माक्स लगाउन प्रेरित गर्ने तथा बेलाबेलामा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय तथा डि.सि.सि.एम.सी ले जारी गर्ने आदेशको पूर्ण रुपले पालना गर्ने लगायतका निर्णयहरु कार्यान्वयन गर्न आग्रह गरेको छ ।





No comments:

Post a Comment