Monday, May 3, 2021

सर्लाहीका सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २०

    सर्लाही जिल्ला अन्तर्गत नेपाल सरकारको विभिन्न सरकारी निकायहरुमा लामो समयदेखि कार्यरत  अस्थायी ,करार,ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरु सोमबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

     ज्ञापनपत्रमा राज्यकोषबाट तलब खाइरहेका अस्थायी ,करार,ज्यालादारी ,तथा ठेकेदारी कर्मचारीलाई उमेरको हदबन्दी नलाग्ने गरि लोकसेवा खुल्ला गराइ एक पटकको लागि संवत: स्थायी गर्न पहल गर्न,२०७० साल माघ १० गते सर्वोच्च अदालतबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायत अन्य विपक्षीहरुको नाममा भएको निर्देशनात्मक आदेश जारी हुने ठहर छ भने बमोजिम उक्त फैसलाको तुरुन्त कार्यान्वयन हुनुपर्ने ,निजामती कर्मचारीहरुको समायोजन तथा पदस्थापन गर्दा आफुहरुलाई रोजगारीबाट नहटाउने पदस्थापन गर्नुपर्ने साथै संघीय निजामती सेवा नियमावली संशोधनमा यस्ता कर्मचारीहरुलाई पनि ऐनमा समावेश गराएर सो सरहको सेवा सुविधा उपलब्ध गराउन सहयोग गर्न ,नेपाल सरकारले तोकेको शुरु स्केल पारिश्रमिक लागू गर्न गराउन पहल गर्न,नेपाल सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराइ तलब स्केलमा नघट्ने गरि सरकारी निकायबाट यस कार्यको सुरुवात गराइ तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने ,रोजगारीको ग्यारेन्टी गरि सर्वोच्च अदालतको गत मिति २०७३ चैत ९ गतेको अर्थ मन्त्रालय सँगको सहमति अनुसार उपदान र औषधी उपचार खर्च कानुन बनाई सम्बोधन गर्ने भनि भएको निर्णय यथासिघ्र कार्यान्वयन गर्न साथै २०७४ बैशाख २१ गते भएको मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गराउन पहल गर्न तथा सरकारी कार्यालयहरुमा ठेकेदारीबाट कर्मचारी भर्ना गर्ने प्रथाको तत्काल अन्त्य गरि आवश्यक भएमा मात्र कार्यालयबाट नियुक्ति दिई कर्मचारी भर्ना गर्ने व्यवस्था मिलाउन पहल गरिदिन लगायतका मागहरु उल्लेख गरिएका छन् ।

    अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश न-२ का अध्यक्ष लालबाबु यादवको नेतृत्वमा सोमबार दिउँसो  मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर संघकी सर्लाही जिल्ला अध्यक्ष ललिता कुमारी ,खानेपानी जिल्ला अध्यक्ष जितेन्द्र साह,उप-अध्यक्ष अशोक कुमार यादव,सचिव विनोद राय तथा सदस्यहरु जितेन्द्र राय,वासुदेव राउत,राम सोगारथ राय,अनिता कुमारी र अनिता साहसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाउन भनि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

     



No comments:

Post a Comment