Saturday, May 8, 2021

पतिको हत्यारा पक्राउ पर्न नसकेपछि न्याय नपाउने हो कि भन्ने चिन्तामा घारिबथानकी कान्ति देवी

मृतककी श्रीमती 





लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २५

    सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न–१२, घारिबथानमा एक पुरुषको शरिरमा  पेट्रोल छर्केर आगो लगाएको पाँच दिन भइसक्दा समेत प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेपछि मृतककी पत्नीलाई न्याय नपाउने हो की भन्ने चिन्ताले सताएको छ । 

    घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई त्यहीँ ठाउँका अन्दाजी ३५ वर्षीय शिवजी साह तेलीले गत बैशाख २० गते सोमबारका दिन बिहान ९ बजे घर नजिकैको घारामा हातमुख धुइ रहेको अवस्थामा अचानक पछाडिबाट जगमा लिएर आएको पेट्रोल  शरीरमा  छर्केर आगो लगाएर फरार भएका थिए । आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ अस्पताल पुर्याउँदा शरिरको ९५ प्रतिशत भाग जलिसकेकोले  त्यहाँ उपचार सम्भव नभएपछि  थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा लगिएको र त्यहीं उपचारको क्रममा भोली पल्ट (मंगलबार)बिहान  मृत्यु भएको उनका छोरा राकेश रायले बताए ।

मृतक


   उनको कसैसँग कुनै किसिमको रिसिवी नरहेपनि समाजमा हुने गलत कामको भने सधैं विरोध गर्दै आएका थिए । कुनै समस्या पर्दा अथवा कुनै सरसल्लाह तथा सुझाव लिनुपर्दा  टोल छिमेकबाट कसैले बोलाएको खण्डमा उहाँ तुरुन्त हाजिर भइहाल्ने प्रवृत्तिको हुनुहुन्थ्यो छोरा राकेशले बताए ।उनको हत्यामा संलग्न शिवजी साह तेली सँग पनि कुनै पनि किसिमको रिसिवी र दुस्मनी नरहेको उनले बताए ।

    शियासरणको हत्यामा संलग्न शिवजी वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि  सउदी बस्दे आएको र सउदीबाट आएको २४ घण्टा पनि नबित्दै आफ्नो भाई जो काठमाडौमा ट्याक्सी चलाउने काम गर्दै आएका छन अन्दाजी २५ वर्षीय लक्षमण साह तेली सँग मिलेर ज्यानै लिने हिसाबले घटना गराएर सोही दिनदेखि फरार भएका छन् ।

आरोपी


   पिडितको परिवारले शिवजीसहित निजकी श्रीमती अन्दाजी ३० वर्षीया सुनिता साह र भाई लक्षमण साहको विरुद्धमा  इलाका प्रहरी कार्यालय केशरजंगमा दिएको किटानी जाहेरीको आधारमा प्रहरीले सुनितालाई हिरासतमा लिएर फरार आरोपीहरुको खोजी कार्य तिब्र पारेको इप्रका  केशरगंजका  प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

    प्रहरीले हत्याराहरुलाई तुरुन्त पक्राउ गरेर कानुनको कठघरामा उभाउने आश्वासन दिएकोले आफुहरु न्याय पाउने पर्खाइमा बसेका छौं ।तर बगैर कुनै दुश्मनी र रिसिवीको पतिको हत्या किन गरियो बुझ्न नसकेको कारण आफुलाई  दिनरात चिन्ता र पिरले सताइरहेको मृतककी श्रीमती अन्दाजी ५० वर्षीया कान्ति देवीले पत्रकारहरु समक्ष दुखेसो पोखिन् ।

    मृतकको एक छोरा र दुई छोरी छन् ।





No comments:

Post a Comment