Thursday, May 6, 2021

सर्लाहीमा आज(बिहीबार)सम्म १५५ जनामा कोरोना संक्रमण ,४ जनाको मृत्यु




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २३

     सर्लाहीको  सदरमुकाम मलंगवा नगरपालिकामा रहेको   जिल्ला अस्पतालको पीसीआर प्रयोगशालामा  ९४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण देखिएको छ  ।

   ज्वरो लगायत कोरोनासँग मिल्दोजुल्दो  लक्षण भएकाहरु आफै  अस्पतालमा आएर दिएको स्वाबको परीक्षण गर्दा ४७ जनामा संक्रमण भएको देखिएको हो । आज(बिहिवार) पनि ७२ जनाले आफै अस्पतालमा आएर स्वाब दिएका छन्। कोरोनाका लागि पिसिआर परिक्षण निःशुल्क भइरहेकोले शंका लागेका मानिसहरु आफै अस्पतालमा पुगेर पिसिआर जाँच गराइरहेका  छन् ।

   आज(बिहीबार)को ७२ र हिजोको ९ जनाको स्वाब जाँच गर्नै बाँकी रहेको र पीसीआर मेसिन चलाउन अझै १३ जनाको स्वाब आवश्यक भएकाले  भोली (शुक्रवार)थप स्वाब लिएर मेसिन चलाइने पीसीआर ल्याबमा खटिएका ल्याब टेक्निसियन रवीन्द्र रानाभाटले बताए । 

 सर्लाहीमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणबाट हालसम्म  १५५ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ ।




No comments:

Post a Comment