Tuesday, May 4, 2021

मलंगवाबाट जिल्ला बाहिर चल्ने सवारीसाधनहरु बन्द

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २१

    मलंगवाबाट चल्ने लामो तथा छोटो दुरीका  सवारीसाधनहरु बन्द भएका छन्। कोरोना संक्रमण (कोभिड –१९) को जोखिम न्यूनीकरणका लागि सर्लाही छेउका जिल्लाहरुमा निशेधाज्ञा लगाउन थालिएपछि सर्लाहीको सदरमुकाम मलंगवाबाट चल्ने लामो तथा छोटो दुरीको सवारीसाधनहरु आज(मंगलबार) बाट बन्द भएको हो ।

      मलंगवामा निशेधाज्ञा नलगाइएको भएपनि जिल्लाकै हरिवन नगरपालिका ,धनुषा जिल्ला र बिरगंजमा निशेधाज्ञा लगाइएको छ । मलंगवाबाट जिल्लाको बरहथवा, बयलबास तथा  जिल्ला बाहिरका काठमाडौ ,नारायणगढ , जनकपुर , बिरगंज र बिराटनगरको लागि दैनिक दिवा तथा रात्री बस छुट्ने गरेको छ ।मलंगवादेखि काठमाडौको लागि चल्ने बस केही दिन अगाडीनै बन्द भइसकको छ भने बिरगंज , जनकपुर, बिराटनगरको लागि चल्ने बस मंगलबारबाट बन्द भएका छन् । जिल्ला भित्रकै ग्रामीण क्षेत्रमा चल्ने बस ,माइक्रो तथा टेम्पोहरु भने संचालनमा रहेका छन् ।हरिवनमा निशेधाज्ञा लगाइएकोले उक्त रुट भएर लामो दुरीको लागि गुड्ने सवारीसाधनहरु समेत बन्द भएका छन् भने आइसकेका केही गाडीहरु सडक छेउमै रोकेर राखेका छन् ।

   लामो दूरीका सवारीसाधन संचालन  नभएपछि सडक सुनसान देखिएका छन्। ठुला सवारीसाधन संचालन नभए पनि साना सार्वजनिक सवारीसाधनहरु भने फाट्टफुट्ट संचालन  भएका छन्। 


No comments:

Post a Comment