Friday, May 7, 2021

सर्लाहीमा भोलीदेखि एक साताको लागि लकडाउन सुरु




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २४ 

      जिल्ला प्रशासन कार्यालय सर्लाहीले  जिल्ला भित्र एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)सर्लाहीको हिजो (बिहिवार ) बसेको बैठकको निर्णय अनुसार भोली बैशाख २५ गते राती १२ बजेदेखि बैशाख ३१ गते १२ बजेसम्म लागू हुने गरि लकडाउन जारी गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले ले जानकारी दिए।

    लकडाउन अवधीभर अतिआवश्यक सेवा, काम  तथा भिडभाड हुने सम्पूर्ण कार्यक्रमहरु नगर्न भनिएको छ।खाद्यान्न ,फलफुल,तरकारी ,ग्यास ,दुधडेरी पसल बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने,बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पुर्ण रुपमा लागू गरि संचालन गर्न पाउने छ ।हाटबजार लगाउन नपाउने,सार्वजनिक तथा निजी सवारीसाधन चलाउन नपाउने ,बैवाहिक कार्यक्रममा दुलहा दुलही सवार २ वटा सवारी समेत गरि बढीमा १५ जना जन्ती मात्र बोकेको सवारीसाधन चलाउन पाउने भनिएको छ । आदेशको अवाज्ञा गरि कार्य गरे /गराइएको पाइएमा तुरुन्त नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कार्यवाही गरिने प्रजिअ तामाङले बताउनुभएको छ ।


No comments:

Post a Comment