Sunday, May 16, 2021
सर्लाहीमा १२०५ जनाको जाँच गर्दा ६१७ जना सक्रिय संक्रमित,१५ जनाको मृत्यु
सर्लाही जिल्लामा दोस्रो भेरियन्टको कोरोना भाइरस(कोभिड-१९) बाट बिरामी हुनेहरुको संख्या लगातार रुपमा बढ्दै गएको छ ।जेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको पिसिआर प्रयोगशालामा १२०५ जनाको थ्रोट स्वाबको जाँच गर्दा ६१७ जनामा कोरोना संक्रमण भएको र १५ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड-१९ सम्बन्धि प्रकाशित गरेको दैनिक बुलेटिन मार्फत जानकारी गराएको छ ।
जेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको प्रयोगशालामा ८१९ जनाको पिसिआर विधिबाट जाँच गर्दा ५२४ जना र ३८६ जनाको एन्टीजेन विधिबाट जाँच गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिप्रकाको बुलेटिनमा उल्लेख गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment