Saturday, May 8, 2021

अरुलेनै गरेको अपराधको सजाय पाएका रिटायर्ड आर्मी न्यायको खोजीमा प्रहरी प्रशासन र अदालत धाउँदै

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २५

      अरुले नै गरेको अपराधको सजाय भोगेर  थुना मुक्त भएका  सर्लाहीका एक निर्दोष ब्यक्ति अहिले न्यायको लागि प्रहरी प्रशासन तथा  न्यायालयको चक्कर काटिरहेका छन् ।सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२ बस्ने नेपाल आर्मीका अवकाश प्राप्त सुवेदार मेजर थिर बहादुर खडका विगत ६ महिनादेखि असली दोषी उपर कार्यवाहीको माग लिएर प्रहरी प्रशासन र न्यायालयको चक्कर काटिएका छन्। 

     २०७७ साल कात्तिक १० गते राती ८:३० बजे नवलपर-मलंगवा सडक खण्डमा नवलपुर चौक भन्दा करिब ७ सय मिटर दक्षिण निलो रंगको एउटा नम्बर नखुलेको  ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको थियो ।ठक्करबाट मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका वडा न-२ बस्ने वर्ष १८ को अंकुष पासवानको मृत्यु भएको थियो ।घटना पश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोली दुर्घटना गराउने निलो रंगको ट्याक्टरको खोजतलास गर्दै जाँदा प्रहरीले दुर्घटनामा संलग्ननै नभएको खडकाको रातो रंगको ट्याक्टर उनको घरबाट नियन्त्रणमा लिएर इप्रका लालबन्दी लिएर गएको थियो ।मृतक पासवानको घरपरिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको रंग निलो भएको र नम्बर नखुलेको  बयान दिएको भएपनि उक्त ट्याक्टरका चालक फरार भएकाले दुर्घटनामा संलग्ननै नभएको रातो रंगको ट्याक्टरको साहु खडकालाई नियन्त्रणमा लिएर गएका थिए ।उनको ट्याक्टरले दुर्घटना नगराएको भएपनि उनलाई माघ १५ गतेदेखि फाल्गुन ७ गतेसम्म सिन्धुली कारागारमा बस्नु परेको थियो ।

  फाल्गुन ७ गते डेढ लाख रुपैया धरौटी बुझाएर जेल मुक्त भएका खड्का फरार ट्याक्टर चालकको खोजी गरि सजाय दिन र अहिले पनि निर्दोष हुँदाहुँदै कारागारमा बसेर कैदी जीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी -२ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको ट्याक्टर र ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन माग गरेका छन् ।

   आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरु समेत प्रहरीलाई बुझाइसकेको भएपनि हालसम्म यश विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र यो केस आफ्नो निकायबाट अदालतमा गइसकेकोले अदालतमै जान भन्दै आएको  पिडित ट्याक्टर साहु खडकाले बताए ।


No comments:

Post a Comment