Thursday, May 6, 2021

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्ने तथा पालिकाहरुको भूमिका सशक्त बनाउने डीसीसीएमसीको बैठकमा निर्णय गरियो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २३


मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आज  बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले  संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्ने र स्थानीय तहहरुको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षता तथा  जिल्ला समन्वय समितिका प्रमुख, पालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा जिल्ला समन्वय समितिको हलमा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

    बैठकमा जिल्लाका सबै पालिकाहरुले  परीक्षणको दायरा  बढाउने , कन्ट्याक्ट्  ट्रेनिङ  गर्ने, क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थापन गर्ने , जटिल समस्या भएकालाई उपचारको व्यवस्था मिलाउन पहल गर्ने लगायतका निर्णय भएका छन् ।

  यसका साथै  बैठकमा भारतबाट स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने नेपालीहरुलाई स्थानीय तहको अनुगमनमा अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्नु पर्ने छ ।विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभइ भर्चुवल र बैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने । भौतिक उपस्थितिमा हुने भनिएका पुर्व निर्धारित सबै प्रकारका  परीक्षाहरु अर्को आदेश नभए सम्मको लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

    कोभिड १९ को कारण देखाई दैनिक उपभोग्य बस्तु तथा स्वास्थ्य सामाग्रीहरुको बजारमा कृतिम अभाव सृजना गर्ने,कालोबजारी गर्ने, मुल्यवृद्धी गर्ने,म्याद सक्किएका खाध बस्तुको रिलेबलिङ्ग गर्ने जस्ता कानुन विपरितको कार्य हुन नदिन बजार अनुगमनलाई तिब्रता दिई त्यस्ता कानुन विपरीत कार्य गर्ने जो कोहीलाई पनि कडा कार्यवाही गरि सार्वजनिक गर्ने समेत बैठकमा निर्णय भएको छ ।

   यस्तै स्थानीय तहको लागि सरोकारित २०७८ बैशाख ६ गतेको निर्णय अनुसार सिनेमा हल, पार्टी प्यालेस ,डान्स बार,हेल्थ क्लब, जिम खाना,सभा,आमसभा, जुलुस,हटबजार,दर्शक सहितको खेलकुद लगायत मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्णय भएको छ। परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा २५ जना भन्दा बढी सहभागी नहुनुपर्ने र जनस्वास्थ्यको मापदण्डको पालना हुनेगरी मात्र संचालन गर्नुपर्ने छ ।


No comments:

Post a Comment