Tuesday, June 1, 2021

भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ १८

      मोटरसाइकलको ठक्करबाट आइतवार राति सर्लाहीको पर्सा गाउँपालिकामा एक ७५ वर्षीया  वृद्धाको मृत्यु भएको छ । 

       वडा न-३ स्थित भित्री सडकखण्डमा BR30 T 6649 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ७५ वर्षीया सकिला खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परेर गम्भीर घाइते वृद्धाको उपचारका लागि महोत्तरीको सम्सी स्थित जिवन ज्योति अस्पतालमा पुर्याएको र त्यहीँ  राती १ बजे तिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ  । 

    दुर्घटनामा संलग्न  मोटरसाइकल र मोटरसाइकल चालक पर्सा गाउँपालिका वडा न-२ का २४ वर्षीय हरिनारायण यादवलाई प्रहरीले  नियन्त्रणमा लिइएर थप अनुसंधान सुरु गरेको गरेको  छ । मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरि आफन्तको  जिम्मा लगाएर पठाइसकेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment