Wednesday, May 10, 2023

हेल्पिङ्ग ह्यान्ड द्वारा सर्लाहीको हरिपुर नगरपालिकालाई झण्डै ५० लाखको मेडिकल उपकरणहरु हस्तान्तरण

 

हेल्पिङ्ग ह्यान्ड द्वारा सर्लाहीको हरिपुर नगरपालिकालाई झण्डै ५० लाखको मेडिकल उपकरणहरु हस्तान्तरण 

 

मनोज यादव---

सर्लाही,बैशाख २७

   सर्लाहीको हरिपुर नगरपालिकाको एक गैरसरकारी संस्था स्थानीय समाज विकास केन्द्रले  हेल्पिङ ह्याण्ड नामक एक अमेरिकी गैरसरकारी संस्थाको आर्थिक सहयोगमा हरिपुर नगरपालिका अन्तर्गत रहेको दुईवडाको स्वास्थ्य चौकीलाई ४६ लाख रुपैयाँ मूल्य बराबरको मेडिकल उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ। केन्द्रले मंगलबार  दुई छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरि लक्ष्मीपुर र हरिपुर स्वास्थ्य चौकीलाई सो मूल्य बराबरको मेडिकल उपकरणहरु हस्तान्तरण गरेको हो।

     प्रति स्वास्थ्य चौकी २३ लाखको दरले पेसेन्ट बेडसहित बिरामीको उपचारमा प्रयोग हुने विभिन्न उपकरणहरु र सिरिन्जदेखि अन्य अतिआवश्यक सामाग्रीहरु  हेल्पिङ ह्याण्डका कार्यक्रम अधिकृत जीवा पोखरेलले नगरप्रमुख गोपाल पंजियार मार्फत सम्बन्धित स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन।

     पुर्व गृह राज्यमन्त्री मोहम्मद रिजवा अन्सारीको प्रमुख आतिथ्यता तथा  मधेस प्रदेश सांसद विमला अन्सारी,हरिपुर नगरपालिकाकी उपप्रमुख निलम देवी राय,सहयोगी तथा आयोजक संस्थाका पदाधिकारीहरु,स्वास्थ्यकर्मीहरु, स्थानीयहरु र पत्रकारहरु लगायतको  उपस्थितिमा भएको हस्तान्तरण कार्यक्रमको अवसरमा  बोल्दै नगरप्रमुख पंजियारले स्थानीय समाज विकास केन्द्रले हेल्पिङ्ग ह्यान्डको सहयोगमा ल्याएको यस किसिमको  सराहनीय र निकै महत्वपूर्ण कार्यक्रमले नगर भित्रका गरिब तथा विपन्न समुदायको उपचारमा  स्वास्थ्य चौकीलाई ठूलो सहयोग पुग्ने बताए । यस पालिकामा अधिकांश जनताहरु गरिब समुदायका मात्र  रहेकाले  बिरामी पर्दा  उपचारको लागि ठुला तथा महन्गा अस्पतालमा जान नपाउँदा वर्षेनि दर्जनौं ब्यक्तिहरुले अकालमै ज्यान गुमाउँदै आएकाले यीदुई संस्थाले गरेको सहयोगबाट यस क्षेत्रका हजारौं गरिब जनताहरु लाभान्वित हुनेमा आफु विश्वस्त रहेको पंजिय बताए। 

   स्थानीय समाज विकास केन्द्रसँगको सहकार्यमा  गत वर्षदेखि नै यस संस्थाले जिल्लाको हरिपुर नगरपालिका र पर्सा गाउँपालिकाका गरिब तथा विपन्न समुदायको लागि   शिक्षा,स्वास्थ्य, सिप विकास र राहतका  कार्यक्रमहरु संचालन गर्दै आएको र यी कार्यक्रमहरु विभिन्न प्याकेजको रुपमा ५ वर्ष सम्म निरन्तर चलिरहने हेल्पिङ्ग  पोखरेलले बताए ।

     केन्द्रले गतवर्ष देखिनै हरिपुरका करिब ५० जना बाबुआमा गुमाएका टुहुरा  बालबालिकाहरुको पढाइलाई निरन्तरता दिन राहत स्वरुप जनही नगद १२ हजार रुपैयासहित खाद्यान्न,शैक्षिक सामाग्री र मौसम अनुसारको लत्ताकपडाहरु प्रदान गर्दै आइरहेको जानकारी गराए।

 



 

 


No comments:

Post a Comment