Saturday, May 13, 2023
अपाङ्गता भएकाहरुकोे लागि निःशुल्क स्वास्थ्य शिविर तथा सहयोग सामाग्री वितरण
सर्लाहीको सदरमुकाम मलंगवामा अपाङ्गता भएकाहरुकोे लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको गरि अपाङ्गता सहयोग सामाग्री वितरण गरिएको छ। लोक सांस्कृतिक विकास समिति मलंगवाले युनाइटेड इन्स्योरेन्स कम्पनी प्रालि काठमाडौको प्रायोजनमा शनिवार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरि अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरेको हो।
मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य कौशल किशोर राय,विशिष्ठ अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,मलंगवा न.पा का नगरप्रमुख नागेन्द्र प्रसाद यादव,कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,युनाइटेड इन्स्योरेन्सका सि.ए प्रणव कुमार दास,जेष्ठ नागरिक जिल्ला संघ सर्लाहीका अध्यक्ष डा.अब्दुल रहिम मिकरानी,समाजसेवी विनय कुमार कर्ण तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,शिक्षिका पुनम दास,प्रमोद कुमार लाल दास,नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी,मलंगवा न.पा वडा न-६ का वडाध्यक्ष राम कैलाश राय लगायतका अतिथिहरुले अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गरि उनीहरुलाई सहयोगको साथै पुनर्सथापन गर्नुपर्नेमा जोड दिएका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment