Thursday, May 18, 2023
मलंगवाका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण सुरु
मनोज यादव----
आर्थिक वर्ष २०७९/०८० को लागि संचालित खाद्यान्न वालीको उन्नत बीउ उपयोग अनुदान कार्यक्रम अनुसार कृषिक्षेत्रलाई व्यवसायिक क्षेत्रमा परिणत गर्ने उद्देश्यका साथ प्राथमिकतामा पार्दै किसानहरूलाई बिउ वितरण गरिएको नगरप्रमुख यादवले बताए ।जेष्ठ १५ गतेसम्म चल्ने यो कार्यक्रम सम्बन्धित वडाको सिफारिससहित नेपाली नागरिकता र जग्गाको लालपुर्जाको प्रतिलिपी लिएर आउने किसानलाई कृषियोग्य जग्गाको क्षेत्रफलको आधारमा स्वर्णा सव -१,सावित्री ,रामबिलास,साँवा मंसुली सव-१ र ललका बासमती जातको धानको बीउ उपलब्ध गराइने कृषि शाखा प्रमुख रामनाथ साहले जानकारी दिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment