Friday, May 12, 2023

प्रशासनले दिएको डिजे बन्दको आदेशको पालना भएन , चर्को आवाजमा डिजे बजे कै बज्यै

 


प्रशासनले दिएको  डिजे बन्दको आदेशको पालना भएन , चर्को आवाजमा डिजे बजे कै बज्यै 


मनोज यादव----

सर्लाही,बैशाख २९

    सर्लाहीको जिल्ला प्रशासन कार्यालयले  कुनैपनि सभा ,समारोह लगायतका कार्यक्रममा चर्को  आवाजमा डिजे  तथा अन्य बाजा  बजाउन नपाउने भनि दिएको निर्देशन र आदेश कार्यन्वयन भएको छैन। 

   अहिले बिहेवारीको समय भएको र यस समयमा डिजे बाजाको सबैभन्दा बढी प्रयोगले गर्दा ध्वनी प्रदुषण बढेको भन्दै पटकपटक जनगुनासो आउन थालेपछि जिप्रका सर्लाहीले एक सूचना जारी गर्दै ध्वनी प्रदुषण फैलाउने सबैखालका साउण्ड सिस्टमहरु विशेषगरी डिजे माथि प्रतिबन्ध लगाइसकेको  छ।जारी गरिएको सूचनामा जिल्लाभरि  चर्को साउण्डको कुनै पनि उपकरण, ध्वनी प्रदुषण हुने उपकरण, डिजेमा अश्लिल, छाडा शब्दको गीत बजाउन प्रतिबन्धत गरेपनि कार्यन्वयन भने भएको देखिएको छैन। 

  गाउँहरुमा जिप्रकाको आदेशपछि पनि डिजेबालाहरु झन अधिक बजाउन थालेको पाइएको छ ।  बिहेवारीको सिजन आउने बित्तिकै डिजेलेआम सर्वसाधारणलाई आतँकित बनाउन  थाल्छ ,मलंगवाका एक बुद्धिजीवीले भने।गाउँहरुमा मात्र नभइ जिल्लाको सदरमुकाम मलंगवामा पनि डिजेको कर्कस ध्वनीले आम सर्वसाधारण आतंकित भएका छन् । 

   डिजेले बिवाह, मटकोर, पूजा,मेला लगायतका समारोहको बहानामा चर्को आवाजमा समाजमा नपच्ने  खालको गीतहरु बजाएर समाजलाई समेत प्रभावित गरेको छ। डिजेको चर्को आवाजले सबैभन्दा बढी गम्भीर खालका बिरामी र विद्यार्थीहरुलाई प्रभावित पारेको नागरिक समाजका अगुवाहरुले  गुनासो गरेका छन् । 

    अहिलेका युवाहरू डिजेमा रक्सी खाएर नाच्ने, रक्सीले मातेका युवाहरु एकआपसमा झगडा गर्ने चलन नै चलिसकेको छ।डिजेका कारण कतिपय ठाउँमा ठुलो दुर्घटना समेत भइसकेका छन् । 

  जिल्ला प्रशासनले दिएको निर्देशन र आदेश अहिलेसम्म समेत पालना नभएको भन्दै यसलाई कडाईका साथ गर्नको लागि डिजे जफत गर्न अभियान चलाइए मात्र प्रभावकारी लागू हुने स्थानीय अगुवाहरुको भनाई छ। यसो गरिए मात्र  डिजेको आतंक शतप्रतिशत नियन्त्रण हुने उनीहरू बताउँछन् । 

  प्रशासन आफैले दिएको निर्देशन पालना गराउनको लागि डिजे उठाउने, जफत गर्ने, चर्को जरिवाना गर्नु बाहेक  अर्को विकल्प नभएको स्थानीयहरुको भनाई छ । 

No comments:

Post a Comment