राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल मधेस प्रदेशका महामन्त्री मनिष साहले मधेस प्रदेश घण्टीमय हुँदैछ बताउनुभएको छ।मधेस प्रदेशका ८ वटै जिल्लाहरुमा क्षेत्रीय , पालिका तथा वडा कमिटी विस्तारमा मधेस प्रदेश सभापति तपेश्वर यादव तथा प्रदेश कमिटी सम्पूर्ण पदाधिकारी एकजुटताका साथ संगठन विस्तारमा लागिपरेकोले अबको केही दिनमै प्रदेश नै घण्टीमय हुने महामन्त्री साहले दाबी गर्नुभएको छ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका भेलाबाट नगर कमिटी गठन प्रक्रियामा सर्वसहमत सभापतिको लागि संतोष प्रसाद काफ्ले चयन भएको छ।सभापति लगायत अन्य पदाधिकारीहरुलाई रास्वपा मा स्वागत गर्दै महामन्त्री साह र प्रदेश सभापति यादव उहाँहरुलाई संगठन विस्तारमा सशक्त रुपमा लाग्न निर्देशन दिनुभयो।
सो कार्यक्रममा सैकडौ युवाहरुको उत्साहजनक सहभागीता रहेको थियो।
No comments:
Post a Comment