Tuesday, May 16, 2023

डा.वीरबंश बैठा विद्यालयको नियमित अनुगमन तथा नियमन समितिको सदस्यमा चयन

 


डा.वीरबंश बैठा विद्यालयको नियमित अनुगमन तथा नियमन  समितिको सदस्यमा चयन

लोकतन्त्र समाचारदाता----

सर्लाही,जेष्ठ २

     डा.वीरबंश बैठालाई मलंगवा नगरपालिकाले विद्यालयको नियमित अनुगमन तथा नियमन समितिको सदस्यमा मनोनयन गरेको छ।

    मलंगवा न.पा अन्तर्गत नगर शिक्षा समितिको गत मिति २०७९ साल माघ १२ गतेको बैठकको निर्णय र यस कार्यालयको मिति २०७९ माघ २० गतेको निर्णयअनुसार डा.बैठकलाई विद्यालयको नियमित अनुगमन तथा नियमन समितिको सदस्यको रुपमा मनोनयन गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ।

     शिक्षाको क्षेत्रमा लामो अनुभव बटुेलेका र  विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा पदकहरु बाट समेत सम्मानित भएका मलंगवा-५ भाँडसर निवासी डा.बैठाले आफ्नो अनुभव र कार्यशैलीबाट शैक्षिक तथा प्राविधिक व्यवस्थापनमा नगरपालिकालाई राम्रो सहयोग पुर्याउने छ भन्ने मलंगवा नगरपालिका आशावादी रहेको प्र.प्र.अ गौतमले बताएका छन् ।

No comments:

Post a Comment