Thursday, May 11, 2023

टाउको काटी हत्या भएको भारतीय पुरुषको शवको टाउको फेलापर्यो

 


टाउको काटी हत्या भएको भारतीय पुरुषको शवको टाउको फेलापर्यो

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २८

    सर्लाहीको हरिपूर्वामा  टाउको बिहिन एक भारतीय पुरुषको शव फेला परेको भोली पल्ट टाउको पनि फेला परेको छ। 

     जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार बुधबार  हरिपुर्वा नगरपालिकाको  वडा न-१ स्थित संग्रामपुर रोडमा पर्ने पथरा पुल भन्दा ५ सय मिटर पुर्व मसलाको रुख भएको झाडीमा भारतको सितामढी जिल्ला ग्राम पञ्चाय सोनवर्षा वडा न-९ बस्ने स्व रामबाबु महतोको छोरा अन्दाजी वर्ष २८ को सिकु भन्ने शेखर सुमनको टाउको बिहिन शव फेला परेको र सो शवलाई रातभर घटना स्थलमा राखेर खोजबिन गर्दै जाँदा बिहिवार बिहान ५ बजेर ५५ मिनेट जाँदा शव रहेको स्थान भन्दा पुर्व २०/२५ मिटरको दुरीमा टाउको फेला परेको छ।

   मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइ थप अनुसंधान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

 

No comments:

Post a Comment