Monday, May 15, 2023

हरिपुरका मुसहर बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

 


हरिपुरका मुसहर बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १

      सर्लाहीको हरिपुर स्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा अध्यनरत ४० जना   मुसहर बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

     एभरेस्ट एकेडेमी लालबन्दी , नवजीवन मा.वि. लालबन्दी-१ नबलपुर, सर्लाही क्याम्पस मलंगवा, श्रीमती कृष्ण देवी मा. वि मलंगवा ,पद्म रत्न विद्या मन्दिर मलंगवा र श्री पब्लिक मा. बि. मलंगवा लगायतका विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुको सहयोगमा बाल कल्याण समाज सर्लाहीले शैक्षिक सामाग्री वितरण गरेको हो।

    सोमबार सोही विद्यालयमा सुन्दर श्याम रायको अध्यक्षतामा आयोजना गरिएको वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिपुर न.पा का मेयर गोपाल पंजियारले आर्थिक विपन्नताका कारण  शैक्षिक सामग्री खरिद गर्न नसकेर अधिकांश बालबालिकाहरुलाई बिचमै पढाइ छोड्नु पर्ने र सानै उमेरदेखि मजदुरी गर्नुपर्ने अवस्थालाई बुझेर बाल कल्याण समाजले चलाइरहेको यस किसिमको अभियान सराहनीय रहेको र संस्थाको यस अभियानमा आफुले पनि पुर्ण साथ सहयोग दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

    कार्यक्रममा आयोजक संस्थाका सचीव रामआश्रे राय , वाडा न- ७ का वाडाध्यक्ष मनोज चौधरी ,प्र.अ चेतनारायन धामी लगायत विभिन्न जनप्रतिनिधि ,शिक्षक विद्यार्थी तथा अभिभावकहरुको उपस्तिथि रहेको थियो।

    

No comments:

Post a Comment