Saturday, May 13, 2023

मलंगवामा फिजियोथेरापी सेवा विस्तार, बिरामीलाई सहज

 


मलंगवामा फिजियोथेरापी सेवा विस्तार, बिरामीलाई सहज

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ३०

     पेरालाइसिसको समस्याबाट पिडित रहेका बिरामीहरुको उपचार सेवाको लागि सर्लाहीको सदरमुकाम मलंगवामै  एक निजी क्लिनिक संचालनमा आएको छ।श्री राम अवतार मेमोरियल पेन पेरालाइसिस सेन्टरको नाम बाट मलंगवा-८ स्थित विद्युत प्राधिकरण नजिक हुलाकी सडक खण्डमा संचालनमा आएको उक्त क्लिनिकको शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको छ।डा.सनिज कुमार पंडितले  अत्याधुनिक मेसिनसहित फिजियो थेरापी सेवा बिस्तार गरेको हो।मलंगवा लगायतका क्षेत्रलाई लक्षित गरी पहिलो मलंगवामा पटक संचालनमा आएको यस क्लिनिकबाट  नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीहरुले सेवा लिनसक्ने क्लिनिककी संचालिका सुरुची कुमारीले बताइन् ।

    विगत १ वर्षभन्दा पहिलेदेखि नै संचालनमा रहेको उक्त कल्लिनिकको शुक्रवार डा.सनिजका माता एवं पिता हरिनारायण पंडित र सकुन्तला देवी पंडितले विधिवत उद्घाटन गरेका थिए।

    फिजियोथेरापीको लागि क्लिनिकसम्म आउन नसक्ने बिरामीहरुको घरमै गएर सेवा दिने समेत ब्यवस्था गरिएको संचालित सुरुचीले जानकारी गराएकी छिन्।

No comments:

Post a Comment