Saturday, May 13, 2023

जानकिनगरको पोल्ट्री फर्मा आगो लाग्दा २ हजार कुखुरा स्वाहा

 जानकिनगरको पोल्ट्री फर्मा आगो लाग्दा २ हजार कुखुरा स्वाहा



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख ३० 

    सर्लाहीको हरिपुर नगरपालिका - १  जानकीनगरमा रहेको एक पोल्ट्री फार्ममा आगलागी हुँदा दुई हजार  कुखुरा जलेर नष्ट भएका छन् ।

  स्थानीय अजय महतोले सञ्चालन गरेको पोल्ट्री फार्ममा शनिबार दिउँसो  आगलागी भएको हो। आगलागीबाट सात लाख रुपैयाँ बराबरका  कुखुरा र दाना जलेर नष्ट भएको वडाध्यक्ष नानीबाबु थापाले  जनाकारी दिएको छ। खरले छाएर बनाइएको फार्ममा  अचानक विजुली सट भइ आगो  सल्किएको थापाले जनाएको छ।

 आगोलाई हरिवन नगरपालिकाको दमकल र स्थानीयले केही समयपछि निभाएका थिए।

No comments:

Post a Comment