Wednesday, May 17, 2023

दुलवाका अतिविपन्न मुसहर परिवार पाउने भए आफ्नै पक्की घर


दुलवाका अतिविपन्न मुसहर  परिवार पाउने भए आफ्नै पक्की घर

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ३

       सर्लाहीको विष्णु गाउँपालिका वडा न-७ दुलवाका अतिविपन्न मुसहर समुदाय परिवारको लागि  पक्की घर निर्माणकार्य सुरु भएको छ।

   विष्णु गापा वडा न-७ अन्तर्गत दुलवा मुसहर टोलमा सर्लाही क्षेत्र न-२(ख)प्रदेश सदस्यको आ/व २०७९/०८० बिकासे बजेटबाट ४० लाखको लागतमा ५ वटा पक्की घरको निर्माण कार्य सुरु गरिएको हो।

अतिनै पिछिएको समुदाय मुसहर जातीहरूको लागि निर्माण हुन लागेको घरको मधेस प्रदेश सांसद कौशल किशोर रायले शिलान्यास गरेका हुन ।

   बुधबार बिहान सम्पन्न भएको शिलान्यास कार्यक्रममा  गापा  अध्यक्ष जवाहरलाल यादव ,वडा न-८ का बडाअध्यक्ष जवाहर यादव,वडा न-७ का वडाअध्यक्ष  निरस राउत लगायत मुसहर समुदायका महिला ,पुरुष तथा स्थानीयबासीहरुको  उपस्थित रहेको थियो।

No comments:

Post a Comment