Tuesday, May 16, 2023

"कृपया भारु रुपैया नदिनु होला" नेपाली रुपैयाँसँग भारु कमजोर बनेपछि पेट्रोल पम्पमा तथा पसलहरु भारु लिन बन्द

 


"कृपया भारु रुपैया नदिनु होला"

नेपाली रुपैयाँसँग भारु  कमजोर  बनेपछि पेट्रोल पम्पमा तथा पसलहरु भारु लिन बन्द

मनोज यादव----

सर्लाही,जेष्ठ २

   सर्लाहीको कबिलासी नगरपालिका वडा न-९ सलेमपुरका रोहित यादवले मलंगवा स्थित एक पेट्रोल पम्पमा पेट्रोल  खरिद गरेबापत भारतीय रुपैयाँ दिँदा उक्त पेट्रोल पम्पले लिन मानेन्। पम्पले भारु लिन नमानेपछि यादवले इसेवा (मोबाइल बैंकिङ )मार्फत भुक्तानी गरे । त्यस्तै मलंगवा न.पा-२ की मुक्ता यादवले मलंगवाकै एक हार्डवेयर पसलमा घर निर्माणकार्यको लागि  छड , सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, ‘तपाईंसँग भारु छ कि नेरु रुपैयाँ ‘ मुक्ताले भारु भएको बताउने बित्तिकै पसलेले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी उनी घर फर्किए।

     यी दुई जना पात्र त उदाहरण मात्र हुन।यस्तो समस्या यतिबेला सबैलाई परेको छ। केही समय अघिसम्म सीमावर्ती बजारमा किनमेल र उपचारका लागि भारु साट्न कुनै समस्या थिएन। नेपालतर्फ पनि भारु देख्नेबित्तिकै संकलन  गरेर राख्ने चलन थियो। नेरुबाट भारु सटहीका लागि कमिसन(बट्टा) पनि दिनुपर्थ्यो। तर अहिले यसको ठीक उल्टो भएको छ। बजारका पसल तथा पेट्रोल पम्पहरुमा मात्र नभइ , गाउँघरमा पनि भारु रुपैया चल्न छाडिसकेको स्थानीयहरुले बताएका छन् ।

   भारतसँग सिमा जोडिएको मलंगवा लगायतका सिमावर्ती गाउँ तथा बजारमा सस्तोका कारण  भारतबाट सामानहरु आउँथे र ती सामानहरु किन्न भारुकै खोजी गरिन्थ्यो। तर केही  दिनदेखि बजारको अवस्था बदलिएको छ।ब्यापरीहरु हतपत भारु लिन मानिरहेका छैनन् ।यदी लिइहाले पनि १ सय भारुको १६० रुपैयाँ नेपालीको बदलामा ४ रुपैया घटाएर १५६ रुपैया नेपालीमा लिइरहेका छन् ।

    नेपाल-भारत सिमावर्ती सदरमुकाम  मलंगवा लगायत सबै पेट्रोल पम्पमा "कृपया भारु रुपैयाँ नदिनुहोला" भन्ने सूचनानै टाँसिएका छन् ।

No comments:

Post a Comment