Thursday, May 25, 2023
अधिकार प्राप्त सार्वजनिक स्रोत र सेवाहरुमा पहुँच सुधार गर्न अन्तरक्रिया
अधिकार प्राप्त सार्वजनिक स्रोत र सेवाहरुमा पहुँच सुधार गर्न अन्तरक्रिया
सर्लाहीको मलंगवामा अधिकार प्राप्त सार्वजनिक स्रोत र सेवाहरुमा पहुँच सुधार गर्न कौडेना गाउँपालिकाका सेवा प्रदायक तथा लक्षित समूहहरु बीच अन्तरक्रिया गरिएको छ। सि.इ.सी.आई. को सहयोग ,रास्ट्रिय रोजगार प्रवर्धन केन्द्र (आर.आर.पि.के )को समन्वय तथा कौडेना गा.पा को आयोजनामा बिहिवार मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा कार्यक्रमको सम्पन्न भएको हो।
कोभिड-१९पुनर्स्थापना तथा जिविकोपार्जन(कोरेल)परियोजना अन्तर्गत संचालन भएको कार्यक्रममा कौडेना गा.पा.का आम नागरिकहरुले भोग्दै आएका समस्या र आगामी दिनमा त्यस्को समाधानका लागि गरिने उपाय तथा पालिकाबाट प्रदान गरिने सेवा सुविधाहरुको विषयमा सेवा प्रदायक तथा लक्षित समूहहरु बीच अन्तरक्रिया गरिएको थियो।
कौडेना गा.पा का उपाध्यक्ष नगिना देवी यादवको अध्यक्षता तथा आर.आर.पि.के का अध्यक्ष गायत्री देवी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित विशिष्ठ अतिथि प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवसहित विभिन्न शाखाका शाखा प्रमुख र जनप्रतिनिधिहरुले स्थानीय लक्षित समूह र ब्यक्तिहरुबाट उठेका समस्या र ती समस्याहरुको समाधानका लागि पालिकाको तर्फबाट चालेका कदम तथा आगामी योजनाहरुको बारेमा जानकारी गराएका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment