Saturday, May 13, 2023

युवा क्रिकेटर गुल्शन झालाई मलंगवाका ब्यापारी सुवास गुप्ताले गरे सम्मान

 


युवा क्रिकेटर गुल्शन झालाई मलंगवाका ब्यापारी सुवास गुप्ताले गरे सम्मान

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ३०

       नेपाली राष्ट्रिय क्रिकेट टिमका उदाउँदो तारा एवं मलंगवाबासी  युवा क्रिकेटर गुल्शन झालाई लक्ष्मी इन्टरप्राइजेज एण्ड जनरल सप्लायर्स मलंगवा-८ ले सम्मानसहित उपहार प्रदान गरेको छ।

   आईसीसी विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई  पहिलो पटक एसिया  कपमा पुर्याउन सफल भएको भन्दै प्रशंसाको प्रतीकको रूपमा, लक्ष्मी इन्टरप्राइजेज एण्ड जनरल सप्लायर्सका सञ्चालक सुभाष गुप्ताले   क्रिकेटर झा लाई जीवनभरको लागि DishHome Tv फुल एचडी प्याकको साथ उपहार स्वरुप प्रदान गरि सम्मान गरेको छ।

   असल र देशको पहिचान दिलाउने खालका काम गर्ने आफ्नै नगरका   बासिन्दाहरूलाई बधाई सहित पुरस्कार दिन पाउँदा आफुलाई  धेरै गर्व महसुस भएको गुप्ताले बताएका छन।

No comments:

Post a Comment