Friday, April 24, 2020

सर्लाहीमा असिना पानीबाट ठुलो क्षति

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,बैसाख ११
सर्लाहीमा आज मध्यान्ह हवाहुरी सहित ठुलो असिना पानी परेकोछ । असिना पानीले जिल्लाको दजनौ घरको छाना तथा टाली उडाएर क्षति पुरयाएकोछ । त्यसतै असिना पानीले बाली नाालीमा समेत ब्यापक क्षति पुयाएको छ ।
हावाहुरी र असिना पानीमा परेर लालबन्दी नगरपालिका–११, मा दुई जना घाईते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा आएको ठुलो असिना पानीले ६० वर्षीया जेसुन माया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाईते भएको वडाध्यक्ष दीपक कुमार लामाले जानकारी गराउनु भयो । घाईतेको उपचार स्थानीय मेडिकलमा भइरहेको वडाध्यक्ष लामाले बताउनु भएको छ ।
हावाहुरीले विभिन्न स्थानमा रुख विरुवा ढलेर बिजुलीको तार तथा पोलहरुमा क्षति पुर्याएको छ । मध्यान्हको हावाहुरीपछि जिल्लाभर विद्युत् अवरुद्ध भएको छ भने ठाउँ–ठाउँमा रुख ढलेर बाटो समेत ठप्प भएका छन् ।

No comments:

Post a Comment