Monday, April 20, 2020

@लकडाउन सुरु भए यता भारतबाट सर्लाही नाका भएर झण्डै डेढ करोडको आलु प्याज आयात

 सर्लाही ,बैशाख ८।  
        लकडाउन सुरु भए यता सर्लाही नाका भएर  भारतबाट १ करोड ४१ लाख ५ हजार ८ सय ३९ रुपैयाको खाद्यान्न, तरकारी र फलफूल आयात भएको छ ।  यो तथ्याङ्क चैत १ देखि बैशाख ६  गतेसम्मको  रहेकोे सर्लाही  भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेश कुमार दत्तले जानकारी गराउनुभएको छ ।
    सर्लाही नाका भएर चैत्र १ गतेदेखि ३० गतेसम्म  १ करोड १६ लाख ९५ हजार र बैशाख १ गतेदेखि ६ गतेसम्म २४ लाख १ हजार ६९९ रुपैयाको आलु  प्याज मात्र   भित्रिएको भन्सार अधिकृत दत्तले जानकारी गराउनु भएको  छ  । अहिले आलु प्याजको सिजन चलिरहेकोले लकडाउन सुरु भए यता मलंगवा नाका भएर आयात हुने आलु प्याजबाट दैनिक साढे ३ देखि ४ लाख सम्म राजश्व उठिरहेको दत्तले बताउनुभयो ।लकडाउनको समयमा सो नाका भएर ९९ प्रतिशत आलु प्याजको आयात भइरहेको छ भने एक प्रतिशत मात्र अन्य खाद्यान्नको आयात भइरहेको भन्सारले जनाएको छ ।

No comments:

Post a Comment