Tuesday, April 28, 2020

सहारा विकास बैंकद्वारा सर्लाही अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरणको साथै २ सय घरधुरीलाई राहत सामाग्री वितरण

लोकतन्त्र समाचारदाता----

सर्लाही ,बैशाख ,१६ ।
      सहारा विकास  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सर्लाही अस्पताल मलंगवालाई बिरामीको उपचारमा सहयोग पुर्याउने स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
    सहारा विकास बैंकले आज(मंगलबार) दिउँसो प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीको प्रमुख आतिथ्यता तथा बैंक संचालक समितिका अध्यक्ष संजय गुप्ताको सभापतित्वमा  एक कार्यक्रमको आयोजना गरि सर्लाही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजिब सिंहलाई          हस्तान्तरण गरेको हो । डा सिंह मार्फत अस्पताललाई ५ पिस मेस्ट्रेस(डसना) ,१० पिस बेडसिट(तन्ना),५ पिस तकिया ,एक कार्टुन नुहाउने साबुन,१०० पिस ग्लोब्स र २५ पिस सेनेटाइजर हस्तान्तरण गरेको बैंक संचालक समितिका अध्यक्ष गुप्ताले जनाएको छ ।
     साथै  बैंकले   मलंगवा नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने दुइसय घरधुरी  गरिब  तथा मजदुर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री पनि वितरण गरेको छ ।
   सरकारले कोरोना भाइरसका कारण लगाएको लकडाउनको समयमा सर्लाही जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी तथा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउने उदेश्यले संचालक समितिको निर्णय अनुसार ती  सामाग्रीहरु प्रदान गरेको अध्यक्ष गुप्ताले बताउनुभयो ।

No comments:

Post a Comment