
संक्रमित दुई जनाको संख्या थपिएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नतिजा पोजेटिभ आएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमित दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको बताइएको छ ।
यसैबीच, यअअघि संक्रमित तीन जना भारतीय नागरिकहरुको स्वस्थ्य भएपछि उनीहरुको आज डिस्चार्ज गर्ने तयारी भइरहेको नारायणी अस्पतालले जानकारी दिएको छ ।
No comments:
Post a Comment