सर्लाही, वैशाख १०।
मंगलवार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा विभिन्न अभियोगमा पक्राउ परि हिरासतमा रहेका १७ जना थुनुवाहरुको र्यापिड डायग्नोस्टिक (आरडीटी) टेष्ट गरिएको हो ।टेष्ट गर्दा उनिहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले जनाएको छ ।थुनुवाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट पश्चाटत मात्र म्याद थप गर्ने सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयबाट परिपत्र आएपछि जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेका थुनुवाहरुको आरडिटी टेष्ट गरिएको कुँवरले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयको परिपत्र आए पनि थुनुवाहरुको स्वास्थ्यको जिम्मेवारी प्रहरीको पनि भएकोले उतिहरुको र्यापिड डायग्नोस्टिक (आरडीटी) टेष्ट उहाँले जानकारी दिनुभयो ।
सर्लाही प्रहरीले समातेको १७ जना थुनुवाहरुको आरडीटी टेष्ट गरिएको छ ।

हालसम्म सर्लाहीमा भारत तथा अन्य देश बाट आएका ९७ जना र जिल्ला प्रहरी कार्यालयका १७ जना थुनुवा गरी जम्मा १ सय १४ जनाको र्यापिड डायग्नोस्टिक (आरडीटी) टेष्ट भईसकेको प्रमु्ख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment