Wednesday, April 29, 2020

 छिमेकीको कुटाइबाट एक महिलाको मृत्यु

लोकतन्त्र समाचारदाता----
सर्लाही , बैशाख १७ ।

सर्लाहीको हरिपूर्वामा छिमेकीकाे कुटाइबाट एक महिलाको ज्यान गएको छ । सोमबार साँझ हरिपूर्वा नगरपालिका वडा न– ८ स्थित बस्तपुर बस्ने ३५ वर्षकी सैदुन खातुनको छिमेकीको कुटाइबाट ज्यान गएको हो ।

बच्चाहरूबीच भएको झगडालाई लिएर सोही स्थानका ५२ वर्षका खोधदी अन्सारीका परिवार मिलेर खातुनमाथि निर्घात कुटपिट गरेका प्रत्यक्षदर्शीले जनाएका छन्

कुटपिटबाट गम्भीर घाइते खातुनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

घटनालगत्तै प्रहरीले कुटपिटमा संलग्न सोही स्थानका ५२ वर्षका खोधदी अन्सारीसहित उनकाे परिवारका पाँचजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बाँकी चारजनाको नाम भने प्रहरीले खुलाएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक खातुनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

No comments:

Post a Comment