Friday, April 17, 2020

‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ सन्देश सहित सर्लाहीका मस्जिदहरुमा नमाज स्थगित

सर्लाही ।  कोरोना भाइरस ९कोभिड १९०को संक्रमणबाट ‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ सन्देश सहित सर्लाहीका मुस्लिम समुदाय घरमै नमाज पढ्न थालेका  छन् ।  सोमबार मलंगवा  स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थानीय प्रशासन तथा मुस्लिम समुदाय बीच बसेको बैठकमा भएको सम्झौता अनुसार उनीहरू आआफ्नो   घर भित्रै नवाज  पढ्ने  थालेका हुन् ।

बैठकमा भएको सम्झौता अनुसार बिहान बेलुका मस्जिदमा   अजान दिने ब्यक्तिको बारेमा प्रत्येक दिन स्थानिय तह तथा  जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने, लकडाउनको समयावधि सम्म सर्लाहीका सम्पूर्ण मदरसाहरु बन्द रहने साथै  मुस्लिम समुदायको बसोबास रहेको बस्तीमा बाहिरबाट आउने मानिसहरुको विषयमा सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई जानकारी गराउने सम्झौता भएको मुस्लिम अगुवा हाजिन  एवं मलंगवा नगरपालिकाकी उपमेयर शान्ति सबनम मिकरानीले  जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment