Friday, April 17, 2020

बर्षा संगै आएको हावाहुरीले सर्लाहीको मलंगवा र बागमती नगरपालिकामा लाखौको क्षती

सर्लाही ,बैशाख ५
     मंगलबार राती बर्षा संगै आएको हावाहुरीले सर्लाहीको मलंगवा र बागमतीमा नगरपालिकामा  घरको छाना उडाउँदा १ लाख ५७ हजार रुपैया बराबरको भौतिक  क्षती भएको छ ।

     राती करिब २ बजे बर्षा सँगै आएको हावाहुरीबाट जिल्लाको मलंगवा नगरपालिका वडा न-५ भाँडसरमा स्थानीय भागनारायण महतोको कच्ची घरको छाना उडाउदा १ लाख ,सोही ठाउँका राकेश सहनीको फुसको घरको छाना उडाउँदा २० हजार र सोही ठाउँका राजमंगल रायको फुसको घरको छाना उडाउँदा २० हजार रुपैया बराबरको क्षति भएको छ । यस्तै बागमती नगरपालिका वडा न- ११ मा स्थानीय वीर बहादुर पुलामीको कच्ची  घरको छाना उडाउँदा ७ हजार र सोही ठाउँका टेक बहादुर पुलामीको कच्ची घरलो जस्तापाताको छाना उडाउँदा १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताउनुभएको छ

No comments:

Post a Comment