Thursday, April 30, 2020

प्रहरी हौँ भन्दै धम्क्याएर राजमार्गमा लुटपाट


लोकतन्त्र समाचारदाता ----
सर्लाही,बैशाख १८
     सर्लाहीको   पूर्वपश्चिम राजमार्गमा गएराती(बुधबार ) दुईवटा मालबाहक ट्रकमा  लुटपाट भएको छ । हरिवन नगरपालिका वडा न– ४ स्थित तिनघरे चौकमा भुँसा बोकेर पूर्वबाट पश्चिम आउँदै गरेका दुईवटा ट्रकमा लुटपाट भएको हो । राति करिब २ बजे राजमार्गमा चारजनाको समूहले गुडिरहेको  ट्रकलाई रोकेर आफूहरू प्रहरी हुँ भन्दै साथमा रहेको नगद लुटेर लगेको ट्रकका चालकले बताएका छन् । लुटेराको समूहले ना.६ख ६४९८ र ना.५ख ५९४० नम्बरको ट्रकमा लुटपाट गरेका हुन ।
    अनुसन्धान प्रक्रियामा बाधा पर्ने भन्दै प्रहरीले चालकको नाम र ठेगाना गोप्य राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । ट्रकचालकका अनुसार लुटपाट गरे लगत्तै लुटेराहरु  कारमा भागेका थिए । घटनामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन वडा न– ८ बाट बा.१५च ५०७२ नम्बरको कार नियन्त्रण लिएको छ । घटनामा संलग्न कोही पनि पक्राउ नपरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment