Sunday, April 19, 2020

जंगली बँदेलको आक्रमणबाट तीन जना घाईते

सर्लाही , बैशाख ७ ।

सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका वडा-६ खुटौनामा जङ्गली बँदेलको आक्रमणबाट एक बालिका सहित तीन जना घाईते भएका छन् ।  


घाइते हुनेहरुमा स्थानीय दुखा रामका १८ वर्षीय छोरा रमेश राम, उपेन्द्र साहकी १३ वर्षीया छोरी काजल साह र २८ वर्षीय विजय साह रहेका छन् । उनीहरूलाई शनिवार साँझ खेतमा काम गरिरहेको अवस्थामा अचानक देखा परेको जङ्गली बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ  ।घाइतेहरु मध्ये रमेश रामको सर्लाही अस्पताल मलंगवामा र विजय साहको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने काजलको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।  

    यस्तै सोही राती   सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न–१, मा लामखुट्टे धपाउन बालिएको घुरबाट स्थानीय दोरी पासवानको गोठमा  आगलागी हुँदा ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment