Sunday, April 19, 2020

सर्लाहीमा  एकजना बालकमा देखिएको कोरोना भाइरसको पोजेटिभ रिपोर्ट पिसिआर(PCR)टेष्ट पछि रिपोर्ट निगेटिभ आयो  ।


सर्लाही ,बैशाख ७।
   सर्लाहीमा पनि एकजनामा देखिएको कोरोना भाइरसको पोजेटिभ रिपोर्ट PCR टेष्ट गर्दा निगेटिभ रिपोर्ट आएको  छ सर्लाहीका क्वारेन्टाइनमा राखिएका ६५ जनाको  र्‍यापिड डाइग्नोष्टिक टेष्ट (RDT)गर्दा एकजना बालकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।तर उक्त बालकलको  स्वाब पीसीआर विधीबाट परीक्षण गर्न काठमाण्डौं पठाएपछि आज उनको रिपोर्ट निगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराउनुभयो ।

     सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने धनकौल गाउँपालिकाको एक माविको  क्वारेन्टाइनमा रहेका १४ वर्षिय बालक राहुल कुमार महतोको  शुक्रवार साँझ र्‍यापिड डाइग्नोष्टिक टेष्ट  गर्दा रिपोर्ट  पोजेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले पुष्टी गर्नुभएको थियो  ।  महतो को RDT Test  +ve देखिएकोमा  PCR Test गर्दा  Negative देखिएकोले निजमा Corona Virus को सक्रमन नरहेको व्यहोरा जानकरी गराउदै समाजिक दुरि बनाइ आ आफ्नो घरमै बसी covid 19 संक्रमण रोकथामको कार्यमा सहयोग गरिदिन प्रजिअ जिसीले सबैलाई आग्रह गर्नुभएको छ । बालक सँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिको पनि रिपोर्ट  नेगेटिभ आएको उहाँले बताउनुभयो ।

      बालक महतो गएको चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीले  पाएपछि ती बालकलाई  घर नपुग्दै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

No comments:

Post a Comment