Sunday, April 26, 2020

बन्दुकको छर्रा लागेर सर्लाहीको हरिपुरमा एकजना गम्भीर घाइते

लोकतन्त्र समाचारदात----
सर्लाही ,बैशाख १४ ।

सर्लाहीको हरिपुरमा भरुवा बन्दुकको छर्रा लागेर एक ब्यक्ति गम्भीर घाइते भएको छ।     हरिपुर नगरपालिका वडा न– १ मुर्तिया जंगलमा भरुवा बन्दुकको छर्रा लागेर बरहथवा नगरपालिका वडा न– ९ स्थित ४५ बिघा बस्ने अन्दाजी ४० वर्षका तीर्थबहादुर मोक्तान आइतबार  भएको हो । गोलीको छर्रा लागेर गम्भीर भएका मोक्तानलाई स्थानीयहरुले तत्काल उद्धार गरी उपचारका लागि वीरगन्ज पठाएको छ । गम्भीर घाइते मोक्तानको तिघ्रामा बन्दुकको छर्रा लागेको स्थानीयले बताएका छन् । पारिवारिक श्रोतका अनुसार घाइते मोक्तान दिउँसो घर नजिकैको मुर्तिया जंगलमा निगुरो टिप्न गएका थिए । मोक्तानलाई भरुवा बन्दुकको छर्रा कसरी लाग्यो भन्ने विषयमा कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । भरुवा बन्दुकको छर्रा लागेको विषयमा कुनै जानकारी नभएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव डिएसपी  मदन कुँवरले लोकतन्त्रलाई बताएको छ। 

No comments:

Post a Comment