Saturday, April 18, 2020

सर्लाहीमा पनि एकजना बालकमा कोरोना भाइरसको संक्रमण देखियो /थप परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइयो ।

मनोज यादव------
सर्लाही ,बैशाख ६ ।

सर्लाहीमा पनि एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।सर्लाहीका क्वारेन्टाइनमा राखिएका ६५ जनाको  र्‍यापिड डाइग्नोष्टिक टेष्ट (RDT)गर्दा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
   
सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने धनकौल गाउँपालिकाको एक माविको  क्वारेन्टाइनमा रहेका एक १४ वर्षिय बालकको  शुक्रवार साँझ र्‍यापिड डाइग्नोष्टिक टेष्ट  गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले पुष्टी गर्नुभयो । कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताउनुभयो । बालकसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिको र्‍यापीड टेष्ट गर्दा नेगेटिभ देखिएपनि उनलाई पनि जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।
      कोरोना पोजेटिभ देखिएका ती बालक गएको चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीले  पाएपछि ती बालकलाई  घर नपुग्दै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

No comments:

Post a Comment