Friday, April 17, 2020

@दशगजामा छाडिएका ९१ जना नेपालीलाई भारत तर्फ फर्काइयो

सर्लाही , बैशाख ५

  भारतीय सुरक्षाकर्मीले दशगजामा ल्याएर छाडेका ९१ जना नेपालीलाई  भारततर्फ फर्काइएको छ ।
    भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर  नेपालीहरुलाई कन्हौली  नाका स्थित लखन्देही खोलामा विहिबार राती ल्याएर छाडेका थिए । यसरी  छाडिएका मध्येबाट ९१ जनालाई पुन: भारत तर्फ कै क्वारेन्टाइनमा राख्ने गरी फर्काइएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभएको छ।
  दशगजामा छाडिएकाहरु मध्ये २४ जना  सर्लाहीको  चन्द्रनगर आइपुगेका छन् । उनीहरुलाई अहिले त्यहीँको माविको क्वारेन्टाईनमा राखिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए ।

No comments:

Post a Comment