Thursday, April 16, 2020

धमाधम लकडाउन उल्लंघन, सवारी पासको दुरुपयोग



काठमाडौं ४ वैशाख,। कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ । लकडाउनको समयमा आकस्मिक उपचारका लागि अस्पताल जान र उपभोग्य सामान खरिदबाहेक अरु कामका लागि घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।
लकडाउनको समयमा पानी, दूधजस्ता अत्यावश्यक सामग्री ढुवानी नियमित आपूर्तिका लागि सवारी विभिन्न निकायले सवारी पास दिएका छन् । तर पछिल्लो समयमा सवारी पासको दुरुपयोग हुने र अनावश्यक रुपमा सवारी साधन चलाउनेको संख्या बढेको छ ।

बिहीबार काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सुरक्षाकर्मीले सवारी पास जाँच गर्दा सवारी पास नलिई र अनावश्यक काममा पनि सवारी साधन लिएर हिँडेको भेटिएको थियो ।

No comments:

Post a Comment