Monday, April 27, 2020

सर्लाहीका १ सय १६ जनाको पिसिआर परिक्षण, १ सय १५ जनाको रिपोर्ट नेगेटिभ

लोकतन्त्र समाचारदाता-----
सर्लाही,वैशाख १५ । 
    सर्लाहीका विभिन्न स्थानबाट पिसिआर जाँच गर्न १ सय १६ जनाको स्वाब परिक्षणमा १ सय १५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

   एक जनाको स्वाब स्यामपल राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु लाई प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भएको छ। कोरोना भाईरस ( कोभिड–१९ ) को उच्च जोखिमलाई मध्य नजर गर्दै सर्लाहीको विभिन्न ठाउँको क्वारेन्टाइनबाट कोरोना भाईरस परिक्षणको लागि १ सय १६ जनाको स्वाब संकलन गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाईएकोमा एक जनाको स्याम्पल  प्रयोगशालालाई प्राप्त नभएको र बाँकी रहेका १ सय १५ जनाको पिसिआर प्रविधि मार्फत स्वाब परिक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी गराउनु भएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५ हरकठबा मा १४ वर्षिय बालकलकमा कोराना भाईरस संक्रमण पुष्टी र ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगररमा एक मृगौला पिडितमा र्यापिड (आरडिटी) टेष्ट पोजेटिभ देखिएपछि जिल्लाको धनकौलमा गाउंँपालिकामा २६ जना, चन्द्रनगर गाउँपालिका वडा नं. ६ कामतको  क्वारेन्टाईनमा रहेको ५० जना र वडा नं. २ बबरगंजको  क्वारेन्टाईनमा रहेका २५ जना गरी जम्मा ७५ जना र ईश्वरपुर नगरपालिकामा १६ जना गरी १ सय १६ जनाको पिसिआर प्रविधिमा कोभिड–१९ परिक्षणको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाइएको मा सोमबार सम्म १ सय १५ जनाकै रिपोर्ट  नेगेटिभ आएको प्रजिअ  जिसीले जानकारी दिनुभयो ।

   ईश्वरपुर नपा वडा नं-९ रामनगरमा आरडिटी टेष्ट पोजेटिभ देखिएको व्यक्तिको पिसिआर टेष्ट रिपोर्ट पनि आज साँझ सम्म आउने प्रजिअ जिसीले बताए । ईश्वरपुर नगरपालिका स्थित आरडिटि टेष्ट पोजेटिभ देखिएको ब्यक्तिको मृगौला जाँचको लागि एक महिना पहिले भारतको सितामढी र १५ दिन पहिले बिरगंजमा  गएका थिए । जनकपुरमा पिसिआर रिपोर्ट पनि गलत आएपछि ति मृगौला पिडितको स्वाब संकलन गरी टेकु पठाईएको इश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले लोकतन्त्र लाई जानकारी दिनुभयो  ।
    गएको वैशाख ५ गते मध्य रातमा भारतिय सुरक्षाकर्मीले १ सय २३ जना नेपाली नागरीकलाई कन्हौली भाँडसर नाकामा ल्याई लखनदेही नदिको किनारमा छाडेकोमा २५ जना चन्द्रनगर गाउँपालिकामा आएको थियो भने ९१ जना नेपाली नागरीकलाई भारतिय सुरक्षाकर्मीले पुःन भारतको विभिन्न क्वारेन्टाईनमा लगेका थिए । चन्द्रनगरमा उतर प्रदेशको शिसा भन्ने ठाउँबाट १६ जना चैत्र २७ गते, २१ जना २८ गते, १० जना २९ गते र बाँकी रहेका ३ जना वैशाख २ गते आएका  थियो ।



No comments:

Post a Comment