लोकतन्त्र समाचारदाता-----
सर्लाही ,फाल्गुन १३ ।
कोरोनाको संक्रमण लाई लिएर सरकारले जारी गरेको लकडाउनको समयमा मलंगवा स्थित जिल्ला समन्वय समित अगाडीको तिनबिघे मैदानमा लाग्दै आएको साप्ताहिक तरकारी बजारमा सामाजिक दुरीको पालना नभएको भनि चौतर्फी रुपमा आलोचना हुनथाले पछि किनमेलको क्रममा सामाजिक दुरीको पालना गराइ बजारलाई व्यवस्थित बनाउने उदेश्यले आज (सनिवार) वडा न-४ स्थित शिवसागर चौकमा नगर प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी , सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेल लगायत संचारकर्मीहरुको पहलमा दस-दस मिटरकि दुरीमा विशेष तरिकाको हरियो घेरा तयार गरेको
छ ।
तयार पारिएका घेराको दायरा बाहेकको ठाउँमा पसल थाप्ने ब्यापारी तथा सामाजिक दुरीको पालना नगर्ने ग्राहक उपर कडा कार्यवाही हुने मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताएको छ ।

भिडियो हेर्नुस् .....
No comments:
Post a Comment