Friday, April 17, 2020

मलंगवा नगरपालिकाका सफाइकर्मीहरु हडतालमा बसेपछि नगर भित्र थुप्रिएको फोहर उठाउन जनप्रतिनिधि र कर्मचारीहरु आफै जुटेका छन् ।

मनोज यादव-----
सर्लाही ,बैशाख ५ ।
      मेस्तर(सफाइकर्मी)हरु विभिन्न तिन बुँदे  माग राख्दै  आन्दोलित भएपछि  मलंगवा नगरपालिकाका जनप्रतिनिधि देखि लिएर कर्मचारीहरु आफै नगरको सफाइमा जुटेका छन् ।
  मलंगवा नगरपालिका अन्तर्गत रहेका १२ वटा वडाका लागि ४५ जना सफाइकर्मचारीहर लाई खट्दै  आएको छ ।जसमध्ये १७ जना करारमा खटिरहेका छन् भने २८ जना दैनिक  ज्यालादारीमा काम गर्दै आइरहेका छन् ।ती सबै दैनिक  ज्यालादारीमा खट्दै आएका मेस्तरहरुको सरकारले तोके अनुसारको बीमा गर्नुपर्ने ,नियुक्तिपत्र तथा परिचयपत्र बनाउनुपर्ने र सफाइको काम गर्दा लगाउनुपर्ने पोषाकको व्यवस्था गर्नुपर्ने मागहरु राखेर शुक्रबार देखि अनिश्चितकालिन हडतालमा बसेका छन् ।आन्दोलनमा उत्रिएका मेस्तरहरु शुक्रबार बिहान करारमा खट्दै आएका सफाईकर्मीहरुलाई नगरको फोहर उठाउन नदिइ नगरपालिका विरुद्ध नाराबाजी गरेपछि नगर प्रमुख, वडा अध्यक्ष र कर्मचारीहरु आफै कुचो लिएर नगरको सफाइ गरेका छन् ।
दैनिक ज्यालादारीमा कार्यरत  सफाई कर्मचारीले काम नगर्दा फोहोर व्यवस्थापनमा समस्या भए पछि बाध्य भएर आफुहरु कुचो बोकेर नगरको सफाइमा जुटेका हौं नगर प्रमुख निरसल साहले बताउनुभयो ।


     हाम्रो मागहरुको बारेमा  पटकपटक नगर प्रमुख र कार्यालय प्रमुखलाई जानकारी गराउँदा समेत उहाँहरुले कुनै चासो नदिएपछि बाध्य भएर आफुहरुलाई आन्दोलनमा उत्रिनु परेको ज्यालादारी सफाइकर्मी मुकेश मेस्तरले भने ।आफुहरुको माँग जायज भएको उनीहरुको भनाइ छ ।


    बिगत अढाइ वर्षदेखि नै बिपतको समयमा उनीहरु विभिन्न मागहरु राखेर पटकपटक हडतालमा उत्रिदै आएका छन् ।मागहरु पनि पूरा भएका छन् ।कोरोना भाइरसको संक्रमण लाई मध्येनजर गर्दै उनीहरुलाई नगरपालिकाले माक्स, ग्लोबस् , बुट लगायतका सुरक्षा सामाग्री दिएको छ ।तर पनि यस बिपतको समयमा सरसफाइ जस्तो गम्भीर विषयमा असर पर्ने गरि हडतालमा उत्रिएर नगरबासीको  स्वास्थ्य माथि खेलवाड गरेकोले कार्यपालिकाको निर्णय अनुसार सरसफाइको सम्पुर्ण जिम्मेवारी सम्बन्धित वडाले लिनेगरि  बैशाख ४ गतेबाट उनीहरुलाई कामको शिलसिलामा  नगरपालिकाले दिंदै आएको सम्पूर्ण सेवा  सुविधाहरु रोक्का गरि बर्खास्त गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी गराउनुभयो ।


 
      सफाई कर्मचारीले काम छोडेपछि  मलंगवा नगरका मुख्य नगरपालिका चौक, बालमन्दिर चौक, जनसागर बजार, जिविस चौक , शिवसागर चौक सहित भित्री सडक र टोलहरुमा  फोहोर थुप्रिएको छ ।

No comments:

Post a Comment