सर्लाही ,बैशाख १४ ।
सर्लाहीको धनकौल गाउँपालिकाका कोरोना भाईरस (कोभिड–१९) संक्रमित किशोरका परिवार सहित २६ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार विश्व स्वास्थ्य संगठन, नेपाली सेना लगायत सुरक्षानिकायका स्वास्थ्यकर्मीहरुको टोलीले दिनभर लगाएर धनकौल सहित जिल्लाका विभिन्न स्थानबाट ११६ जना सर्वसाधारणको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं लगेको थियो । प्रजिअ जिसीका अनुसार धनकौल गाउँपालिकामा कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवार एवं उक्त गाउँका स्थानीय सहित जिल्लाको विभिन्न स्थानमा पालिकाहरुले क्वारेन्टाईनमा राखेका सर्वसाधारणहरुको स्वाब संकलन गरिएको हो । कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवारका सदस्य एवं ती किशोरसँग नजिकबाट सम्पर्क भएको आशंका गरिएका सर्वसाधारणहरु तथा लकडाउन छिचोल्दै भारतबाट छिर्न सफल विभिन्न पालिकाहरुको क्वारेन्टाईनमा बसेका सर्वसाधारणको स्वाब संकलन गरिएको प्रजिअ जिसीले जानकारी दिए ।
धनकौल बाहेक चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका ७५ जना तथा ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका १५ जनाको स्वाब सो टोलीले संकलन गरेर लगेको छ । चन्द्रनगर र ईश्वरपुरको क्वारेन्टाईनमा राखिएकाहरुको स्वाबको रिपोर्ट भने नआईसकेको प्रजिअ जिसीले जानकारी दिए ।
सर्लाहीबाट ११८ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि संकलन भईसकेको छ ।
No comments:
Post a Comment