Thursday, April 16, 2020

कोरोना विरुद्ध स्वयंम सेवक गठन


सर्लाहीको हरिवन नगरपालिका १० मा ३१ सदस्यीय स्वयंम सेवक टोली गठन गरिएको छ । वडा न.ं १० को ताईवान र सुकुम्बासी बस्तीमा कोरोना भाईरसबाट बच्न र बचाउन जन चेतना जगाउने उदेश्यका साथ स्थानिय युवा श्याम मगरको संयोजकत्वमा ३१ सदस्यीय स्वयंम सेवक टोली गठन गरिएको वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले जानकारी दिनु भयो ।

स्वयंम सेवक टोलीले सोक्षेत्रका ७ सय घरधुरीमा घरघरमै पुगेर कोरोना भाईरसबाट बच्न र बचाउन जन चेतना जगाउने,सोक्षेत्रको गतिविधिका बारेमा अनुगमन गर्ने, अत्याआवश्यकीय सामानहरुको व्यावस्थापनको अवस्थाको बारेमा जानकारी लिने,बाहिरबाट आएका मानिसहरुको पहिचान गर्ने साथै वडा कार्यालय र स्थानिय प्रहरीलाई जानकारी गराउने,दैनिक प्रयोग गरिने अतिआवश्यक सवारी साधनहरु एम्बुलेन्स,प्रहरीका सवारीसाधन,दमकल,खाद्यान्नका सवारी साधनहरुको सञ्चालनमा सहजता प्रदान गर्ने र अन्य सवारीसाधन सञ्चालन भए नभएको बारेमा निगरानी गर्ने वडा अध्यक्ष मैनालीले बताउनु भयो ।

देश कोरोना भाईरसका कारण लक डाउनमा रहेका कारण स्वयंम सेवक टोलीले लक डाउनलाई पुर्ण पालना गराउन सहयोग गर्ने र कोरोना विरुद्ध वडा कार्यालयले चालेको कदमलाई पुर्ण साथ दिने नेकपाका नेता रमेश गुङ्गले बताउनुभयो ।

No comments:

Post a Comment