Friday, April 17, 2020

पानीमा डुबेर एक महिलाको मृत्यु

सर्लाही ,बैशाख ५ ।
    
सर्लाहीको बलरा नगरपालिका वडा न-१०  स्थित सुदामा ब्यारेजबाट मनुष्मारा खोलामा हाम फालेर एक वृध महिलाले आत्महत्या गरेकी छिन ।
   
 बिहिवार बिहान करिब साढे सात बजेको समयमा सोही ठाउँका  स्थानीय  हरि साहकी ७५ वर्षीया श्रीमती दुलारी देवी मनुष्मारा खोलामा हाम फालेको स्थानीय केही ब्यक्तिहरुले देखेपछि निज वृध महिलालाई खोलाबाट उद्धार गरि घर पुर्याएर प्राथमिक उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । मृतक महिलाको मानसिक अवस्था ठिक नभएको निजका श्रीमान् हरि साहले जनाएको छ ।

No comments:

Post a Comment