Friday, August 13, 2021

टिपरको ठक्करबाट नवलपुरमा एक साइकल यात्रीको मृत्यु




लोकतन्त्र समाचारदाता---

सर्लाही, साउन २९ 

      पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर स्थित बजार अगाडी  शुक्रवार  टिपरको ठक्करबाट एकजना साइकल यात्री युवकको मृत्यु भएको छ ।

   अपताह्न करिब ३ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको १४ चक्के  ना ७ ख ८२९३ नम्बरको कोईला बोकेको ट्रिपरले बजार अगाडी ठक्कर दिंदा साईकलमा घाँस लिएर नवलपुर चौकतर्फ आउँदै गरेको  साईकल चालक लालबन्दी नगरपालिका वडा न- २ जुटपानी बस्ने ४० बर्षिय राम गणेश महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

   महतोको मृत्यु भएपछि मृतकका आफन्त र आक्रोशित स्थानीय  जनसमूहले सडक अवरुद्ध गरेर टिपरमा  आगजनी गर्न खोज्दा घटनास्थलमा पुगेका प्रहरीले आक्रोशित  भिडलाई नियन्त्रणमा लिन १० राउण्ड अश्रु ग्याँस फाएर गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन्।मृतकका आफन्त र आक्रोसित समूह शव सडकमा राखेर  सडक अबरुद गर्दै टायर बालेर दोषीलाई कार्यवाही तथा  क्षतिपुर्तिको माग गर्दै केहीबेर नाराबाजी गरेका थिए ।


No comments:

Post a Comment