Tuesday, August 24, 2021

पुर्व गृह सहायक मन्त्री सोनेलाल यादवको वार्षिक पुण्य तिथी मनाइयो

 


लोकतन्त्र समाचारदाता–

सर्लाही ८ भाद्र

     पुर्व गृह सहायक मन्त्री सोनेलाल रायको वार्षिक पुण्य तीथी विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।स्व.गृह सहायक मन्त्री रायको सम्झनामा उहाँकै  जन्म स्थान मलंगवा नगरपालिका वार्ड नं. ६  खुटौनामा रामगोपाल रायको सभापतित्वमा वार्षिक पुण्य तिथी मनाइएको हो ।

    यस अवसरमा प्रदेश नं. २ का वन, प्रर्यटन तथा उधोग मन्त्री रामनरेश राय प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको  थियो । यस्तै  प्रदेश नं. २ का मधेश मामिला सभापती माननीय अशोक यादव, चक्रघटा गाउपालिकाका अध्यक्ष बिक्रम यादव, मलंगवा नगरपालिका वार्ड नं. ६ का वडाअध्यक्ष तैयब मिकरानी, राप्रपाका केन्द्रिय सदस्य रामहरि थापा, नागरिक समाजका अगुवाद्धय उग्रकान्त झा, शिवचन्द्र चौधरी लगायत गाउका व्यक्तहरुको कार्यक्रममा भव्य सहभागिता रहेको थियो ।

     यसै अवसरमा पुर्व गृह सहायक मन्त्री स्व.सोनेलाल रायको स्मृतीमा प्रकाशन गरिएको पुस्तकको लोकार्पण तथा वहाँको शालिकको अनावरण समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्त्वय उहाँका छोरा लालबाबु रायले व्यक्त गरेका थिए भने लोकार्पण गरिएको स्मृती पुस्तकको विशेषताका बारेमा स्वर्णिम एफएम मलंगवाका अध्यक्ष मनोज यादवले वाचन गरेर उपस्थित सबैलाई सुनाएका थिए।

    कार्यक्रममा स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

1 comment: