Saturday, August 14, 2021

एपेन्डिक्सको सफल शल्यक्रिया गरेर महिलाको ज्यान बचाउन सफल मलंगवाको सर्लाही मेडिकेयर हस्पिटल




     ---ठुला शहरका ठुला अस्पताल भौतारिनु पर्ने अवस्थाको अन्त---


मनोज यादव---

सर्लाही ,साउन ३०

       प्रदेश न-२ अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामै  पहिलोपटक मलंगवा स्थित सर्लाही मेडिकेयर प्रा.ली हस्पिटलले एकजना महिलाको एपेन्डिक्सको सफल शल्यक्रिया गरेको छ ।   एपेण्डीसाइटिसको समस्याबाट पिडित महिलाको सर्लाही मेडिकेयरका वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साहले सफलतापूर्वक शल्यक्रिया गरि ज्यान बचाउन सफल भएका हुन ।

   गत साउन २५ गतेका दिन मलंगवा नगरपालिका वडा न-६, खुटौना माइती रहेको स्थानीय  कमलेश यादवकी श्रीमती २६ वर्षीया अर्चना यादवको डा.साह र उनका मेडिकल टिमले एपेन्डिक्सको अपरेशन गरेका छन् ।बिरामी अवस्थामा  मलंगवाकै अस्पतालमा देखाउँदा उनको अपरेशन गर्नुपर्छ यहाँका अस्पतालहरुमा विशेषज्ञ  डाक्टर र अपरेशनको सुविधा छैन ।अपरेशनको लागि बाहिर लानुपर्छ भन्ने मात्र जवाफ आएपछि  निराशनै भइसकेको अवस्थामा केही साथीहरूको  सल्लाह अनुसार मलंगवामै वडा न-१० स्थित नयाँ जिल्ला अदालतको पछाडि तथा हुलाक कार्यालयको छेउमा भर्खरै संचालनमा आएको सर्लाही  मेडिकेयर हस्पिटलमा देखाउने निधो गरे पति कमलेश यादवले बताए ।उनले सर्लाही मेडिकेयरका डा. साहले सफलतापूर्वक अपरेशन गरेर पत्नीको ज्यान बचाइ दिएको भन्दै विशेषज्ञ डाक्टर सहित उक्त हस्पिटलमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । बाहिर लगेको भए समयको साथसाथै लाखौं रुपैयाँ खर्च हुने थियो ।मलंगवामै एपेन्डिक्सको अपरेशन भएपछि समय र पैसाको बचत भएको उनले खुसी व्यक्त गर्दै भने ।

      प्रदेश न-२ अन्तर्गत पर्ने  अन्य जिल्लाहरुको तुलनामा सर्लाहीको मलंगवा जटिल मात्र नभइ सामान्य रोगको उपचारका लागि पनि पछाडि परेको ठाउँ हो ।यस  जिल्लाका बिरामीहरु उपचारका लागि छिमेकी देश भारतको सितामढी, दरभंगा,पटना , दिल्ली लगायतका ठाउँमा जाने गरेका छन्।नेपालमै जानुपर्दा जनकपुर , बिरगंज ,धरान, भरतपुर र काठमाडौं जाने गरेका छन् ।मलंगवामा संचालित  केही प्राइभेट अस्पतालमा सामान्य रोगको उपचारको साथै केही समयदेखि  सिजरियन सेक्सन (पेट चिरेर बच्चाको डेलीभरी गर्ने शल्यक्रिया) भए पनि अरु अपरेसन भएका थिएनन् ।तर सर्लाही मेडिकेयर हस्पिटलले पहिलोपटक यस किसिमको जटिल अपरेशन गरेर अब जटिल रोगको उपचार र अपरेशनको लागि ठुला शहरमा गएर आफुमाथि आर्थिक भार थप्नु पर्ने अवस्था समाप्त भएकोले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सर्लाही मेडिकेयर हस्पिटल  बरदान नै सावित भएको जानकारहरुले बताए  ।

      जिल्लाको सदरमुकाम भएर पनि मलंगवामा एकजना पनि सर्जन डाक्टर र बालरोग विशेषज्ञ डाक्टर नरहेको अवस्थामा  यस अस्पतालले कुनैपनि किसिमको जटिल रोगको अपरेशनका लागि वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साह र जन्म देखि १६ वर्षसम्मको बच्चाको सम्पूर्ण रोगको उपचारको लागि वरिष्ट नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रबिन कुमार चौधरी लाई लिएर भर्खरै स्थापना भएको यस हस्पिटलले छोटो समयमै राम्रो उपचार सेवा र सुविधा प्रदान गरेर नाम कमाउन सफल भएको छ ।

      सर्लाही मेडिकेयरका अनुसार यस हस्पिटलले बिरामीहरुको लागि  २४ सै घण्टा इमर्जेन्सी ,फार्मेसी,प्याथोलोजीको साथै जनरल वार्ड र बच्चाको लागि उच्च निर्भरत एकाई(NICU)को समेत सुविधा उपलब्ध गराएको छ ।यस हस्पिटलमा एपेन्डिक्स , बाबाशिर ,फिस्टुला,हर्निया,हाइड्रोसिल,पिसाबको समस्या , कुनै किसिमको घाउ,पोलेको घाउ, गिल्ठी,शिष्ट ,पेट दुख्नु, स्तनको समस्या र एक्सिडेन्टल केशको उपचारको व्यवस्था रहेको  डा.साहले जानकारी गराएका छन् ।साथै अडियोलोजिस्ट  रश्मी रंजन द्वारा कान कम सुन्ने र नबोल्नेहरुको समेत उपचार गरिदैं आएको डा.साहले बताए ।महिनाको प्रत्येक सनिवार औषधि बाहेक  निशुल्क ओपिडी सेवा दिंदै आएको यस हस्पिटलले गरिब तथा विपन्नहरुको सम्पूर्ण  उपचार खर्चमा  ५० प्रतिशत छुट दिदैं आएको छ ।

     एकजना पनि सर्जन र नवजात शिशु तथा बालरोग विशेषज्ञ  नरहेको मलंगवामा सर्लाही मेडिकेयर प्रा.लिले डा.साह र चौधरीलाई ल्याएर स्तरीय उपचारमा कोषेढुंगा सावित भएको स्थानीयहरुले अनुभव गरेका छन् ।

     विस्तारै हरेक रोगको विशेषज्ञ डाक्टर ल्याउने लक्ष्य लिएको यस हस्पिटलको कोरोना भाइरसको समस्या समाधान भइ अवस्था सामान्य भएपछि गरिब तथा दलित समुदायको  बसोबास रहेको सर्लाहीका गाउँ र टोलमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको जनाइएको छ ।

    



 


    




No comments:

Post a Comment