Tuesday, August 24, 2021

रानीगंजकी किशोरी प्रियंका भुजेल हत्याका अभियुक्तहरु सार्वजनिक , प्रेम प्रकरणका कारण हत्या

 

हत्याका अभियुक्तहरु


------परिवारले शव अझै बुझेनन् ------


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भाद्र ८

     लालबन्दी नगरपालिका वडा न- १७ रानीगंजकी १५ वर्षीया  किशोरी प्रियंका भुजेलको हत्यामा संलग्न रहेका दुई अभियुक्तलाई(युवक)सर्लाही प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा सोमबार पत्रकार सम्मेलन मार्फत  गाउँकै दुई युवक १९ वर्षीय कृष्ण साह र अन्दाजी १८ वर्षीय अनिष दाहाललाई सार्वजनिक गरेको हो।

     भदौ १ गते पक्राउ गरि सोधपुछ र अनुसंधान गर्दा उनिहरुले प्रियंकासँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको र घर पछाडी तीनैजना कुरा कुरागरेको आवाज आई घरपरिवारले थाहा पाएर हो–हल्ला गरेपछि उनिहरु भागरेर जंगल पुगको प्रहरी संग बताएका छन् । प्रहरीका अनुसार दुई अभियुक्तसंगै भागेर जंगलमा पुगेकी प्रियंकालाई युवाहरुले घर जान दबाब दिएका थिए ।

घर परिवार र लोकलाजको कारण प्रियंकाले घर र्फकन अस्विकार गरेको पाईन्छ ,‘ यस अघि पटकपटक शारिरिक सम्वन्ध समेत रहेका अभियुक्त अनिषसँगै जान प्रियंकाले अडान लिएको खुलेको छ,’। ‘उनले अनिषले नलगे आत्म हत्या गर्छु भन्दै,खोलाको केही अग्लो ठाउँबाट हामफालेर घुक्र्याएको पाईन्छ,’ ।

‘प्रहरीका अनुसार त्याहाँबाट हाम फदाल्दा मान्छेको ज्यान जाने कुनै सम्भावना छैन, । यस क्रममा अभियुक्त कृष्ण साहले ’तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए ।  प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले पत्रकार सम्मेलनमा भने,।’ ‘अभियुक्तहरुले खहरे खोला भएपनि वर्षाकोकारण बगिरहेको पानीमा मुख थिचि कर्तव्य गरी शवलाई घटनास्थल भन्दा २ सय मिटर उत्तरमा खाल्डो भएको ठाउँमा हातले खनेरै पुरेका थिए,’ ।

    प्रहरीले दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको कुराकानी हुने गरेको पाईएको छ। अभियुक्त अनिषले यस अघि प्रियंकासंग पटकपटक सारिरिक सम्बन्ध रहेको अनुसन्धानको क्रममा बताएका छन् ।

    प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दी छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएका थिए । लालबन्दी प्रहरीले उजुरी प्राप्त भएकै मितिबाट प्रियंकाको खोजिमा जुटेका थिए ।  प्रहरीले गाउँका विभिन्न मानिससँग सोधपुछ गरि सोही दिनदेखि गाउँको दुईजना युवकहरु पनि वेपत्ता भएको पत्ता लगाएका थिए । त्यसपछि प्रहरीले शंकाको  आधारमा गाउँकै दुई युवक  साह र  दाहाललाई भदौ १ गते पक्राउ गरि सोधपुछ गर्दा उनिहरुले नै प्रहरीलाई प्रियंकाको शव उनको घरबाट ३ किलोमिटर पश्चिम—उत्तर लालबन्दी न.पा वडा न- ६ स्थित कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए ।

    प्रहरीले जनप्रतिनिधि, स्थानीय, प्रियंकाको बुबा र अभियुक्तलाई साथमा लिएर जाँदा अभियुक्तहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको आशंकाको आधारमा  अनुसन्धान थालेका  थिए।

    सोमबार साँझ प्रहरीले  अभियुक्तहरुलाई सार्वजनीक गरिसकेको  भए पनि मृतको  परिवारले अझै शव बुझेका छैनन्।

No comments:

Post a Comment